काठमाडौं : रुसले युक्रेनमा सैन्य कारबाही सुरु गर्ने घोषणा गरेको छ ।
संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा युक्रेन संकटबारे छलफल चलिरहेको बेला रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सैन्य कारबाहीको घोषणा गरेका हो ।
पुटिनले टेलिभिजन सम्बोधनको क्रममा डोनबास क्षेत्रमा विशेष सैन्य अभियान सुरु भएको घोषणा गरेको बीबीसीले जनाएको छ ।यसैबीच राजधानी किभ र डोनेट्स्क क्षेत्रमा ठूला विष्फोटको आवाज सुनिएको बीबीसीले जनाएको छ ।
तपाइँको प्रतिक्रीया