काठमाण्डौं : काठमाडौँको मध्य बानेश्वर र भक्तपुरको ठिमीबाट प्रहरीले फागुन १० मा दुईजना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा थप ११५ जना नेपाली समेत रहेका छन् । उनीहरू चिनियाँ लगानीमा सञ्चालित कल सेन्टरका कर्मचारी हुन् ।
पक्राउ पर्नेमा ६० जना महिला कर्मचारी छन् भने ५६ जना युवाहरू छन् । चिनियाँ नागरिक वर्ष २९ का वाङजिनाओ र छाङ हुई बाओ चाहिँ लगानीकर्ता रहेका जनाएको छ । पुरानो बानेश्वरको ‘लेमन ग्रुप अफ कम्पनी’ र सानो ठिमीको कल सेन्टरबाट चिनियाँ नागरिकले ऋण लगानी गर्ने गरेका थिए । सो लगानी अनलाइन एप्स मार्फत गरिएको र एक सातामा चर्को ब्याज असुल्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
‘भारतमा टेलिभिजन र सामाजिक सञ्जालमा विज्ञापन बुस्ट गराएर उनीहरूले ऋण लिन आकर्षित गरेको देखिन्छ’ महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी दिनेशराज मैनालीका अनुसार –थोरै समयको लागी ऋण दिने र त्यसपछि धम्क्याएर चर्को ब्याज सहित रकम असुल्ने गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको जनाएको छ ।’
तपाइँको प्रतिक्रीया