२०८२ जेठ ३२ शनिवार

राशिफल

भोलि देशका अधिकांश ठाउँको मौसम बद्ली हुने सम्भावना

काठमाण्डौ : आज देशका धेरै ठाउँको मौसम सामान्यतया सफा रहे पनि भोलि भने पानी पर्ने मौसमविद्ले बताएका छन् ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण भोलि देशका धेरै ठाउँमा पानी पर्ने मौसमविद् हिरा भट्टराईले जानकारी दिए। उनका अनुसार भोलि देशभरको मौसम बद्ली हुनेछ भने धेरै ठाउँमा पानी पर्नेछ ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, वाग्मती र प्रदेश(१ का धेरै ठाउँमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने हुँदा सतर्कता अपनाउन मौसमविद्को आग्रह पनि छ ।

यस्तै, यी प्रदेशका उच्च पहाडी र हिमाली जिल्लामा हिमपातको सम्भावना पनि रहेको भट्टराईले बताएका छन । भोलि राति पनि देशका धेरै ठाउँमा पानी पर्ने जनाएको छ । पर्सि पनि पश्चिमी वायुको असर पर्ने भएकाले वर्षा र हिमपातको सम्भावना भएता पनि पर्सि पानी भने केही कम पर्ने मौसमविद्ले बताएका छन ।