काठमाडौं : बारामा प्रहरीको गोली लागेर एक भारतीय नागरिकको ज्यान गएको छ । अन्दाजी ३५ वर्षीय ती व्यक्तिको सनाखत भने भएको छैन ।
प्रहरीका अनुसार बुधबार राति ११ बजेतिर सिम्रौनगढ महुवाहीमा लागुऔषध गाँजा तस्करसँग दोहोरो फायरिंग भएको थियो । सोही क्रममा गम्भीर घाइते भएका एक जनाको कलैया अस्पतालमा उपचारको क्रममा राति पौने २ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिए ।
‘रातिको समयमा गाँजा तस्करसँग जम्काभेट भएको र उनीहरूले फायरिंग गरेपछि प्रहरीले जवाफी फायरिंग गरेर दुईजनालाई नियन्त्रणमा लिएको बुझिएको छ । एक जनाको कलैया अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।’
भारत बिहार मोतिहारी जिल्ला ग्राम पिपरा बस्ने वर्ष ४० को हिरदेश गिरी प्रहरी नियन्त्रणमा छन् । प्रहरीका अनुसार महुवाहीमा लागुऔषध ७५ किलो गाँजा पाँच वटा जुटको बोरामा सात आठ जना मानिसहरूले टाउकोमा बोकेर नेपालबाट भारततर्फ लैजाँदै थिए ।
प्रहरीसँग जम्का भेट हुँदा तस्करले फायर गरेका थियो । प्रहरीले पनि ३०३ राइफलबाट १ राउण्ड गोली फायर गरेको जनाएको छ ।
तपाइँको प्रतिक्रीया