२०८२ असार ५ बिहीबार

राशिफल

आफ्नै कार्यकर्ताले मन्त्री झाँक्रीको मागे राजीनामा

काठमाण्डौं : नेकपा एकीकृत समाजवादी सचिव तथा सहरी विकासमन्त्री रामकुमार झाँक्रीको आफ्नै पार्टीका कार्यकर्ताले राजीनामा मागेका छन् ।

पार्टीको निर्णयविपरीत एमसीसीको पक्षमा लागेको भन्दै झाँक्रीले मन्त्री पदबाट राजीनामा दिनपर्ने उनका कार्यकर्ताले माग गरेका हुन् ।

काठमाडौंमा बुधबार सम्पन्न एकीकृत समाजवादी निकट विभिन्न २२ वटा संगठनहरुको संयुक्त बैठकमा बोलेका अधिकांशले मन्त्रीबाट झाँक्रीले राजीनामा दिनुपर्ने माग गरेका हुन् ।