२०८२ असार ५ बिहीबार

राशिफल

यथास्थितिमा एमसीसी पास गर्न सक्दैनौं : पोखरेल

काठमाडौं : नेकपा माओवादी केन्द्रका सांसद गिरिराजमणि पोखरेलले आफूहरू अमेरिका विरोधी नभएको र अनुदान पनि चाहिएको बताएका छन् तर, यथास्थितिमा एमसीसी पास गर्न नसक्ने समेत उनले बताएका छन।

बिहीबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै माओवादी केन्द्रका सांसद पोखरेलले आफूहरू यथास्थितिमा एमसीसी पास गर्न हुँदैन भनेर लागेको बताए ।

‘हामी अमेरिका विरोधी होइनौं, हामीलाई विकास पनि चाहिएको छ । साँच्चै अनुदान हो भने त्यो पनि चाहिएको छ’ उनले भने, ‘तर अनुदानका वा विकासका नाममा जे कुरा पृष्ठभागमा आएको छ, त्यो बुझिदिनुपर्‍यो ।’

उनको प्रश्न छ, ‘यदि अनुदान हो भने पास गरे भनेर किन हाम्रा राष्ट्रिय नेताहरूलाई धम्की दिँदै हिँडेको रु’

सम्झौतामा जे छ, त्यही पास गरे भनेर भनिएको र संसदलाई रबर स्ट्याम्प बनाउन खोजेको भन्दै उनले यथास्थितिमा पास गर्न नसकिने बताए ।