२०८२ जेठ ३२ शनिवार

राशिफल

शेयर बजार आज पनि ओरालो लाग्यो

काठमाण्डौ : हिजो बुधवार साढे १५ अङ्कले घटेको शेयर बजार आज बिहीवार झन्डै ५९ अङ्कले घटेको छ । नेप्से आज ५८ दशमलव ९९ अङ्कले घटेर दुई हजार ६ सय ६१ दशमलव ४४ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घट्दा बजार राताम्मे देखिएको छ । बीमा, उत्पादन, माइक्रोफाइनान्स र विकास बैंक समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

नेप्से घटे पनि कारोबार रकममा भने सुधार आएको छ । आज दुई सय २९ कम्पनीका ८४ लाख ९० हजार कित्ता शेयर चार अर्ब २९ करोड ३८ लाख रुपैयाँमा कारोबार भएको छ ।