२०८२ असार ५ बिहीबार

राशिफल

कलाकार राष्ट्रको गहना भएको आलेको भनाई

काठमाण्डौ  : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले कलाकार राष्ट्रका गहना भएको बताएको छ ।

स्वर्गीय वरिष्ठ कलाकार जयनन्द लामाको पार्थीव शरीरमा श्रद्धाञ्जली अर्पणका लागि राष्ट्रिय नाचघर जमल पुगेका मन्त्री आलेले कलाकार देश चिनाउने सच्चा देशभक्त भएको बताएको छ । उनले भने, ‘स्वर्गीय कलाकार लामाबाट देशलाई चिनाउने काम भएको छ, उनले देशलाई अतुलनीय योगदान दिएको छ, कलाकार राष्ट्रका गहना हुन् ।’

देशमा अहिले देखिएका विकृति, विसङ्गतिहरू चिर्दै जाने र राष्ट्र, राष्ट्रियता जोगाउनका लागि कलाकारले खेलेका भुमिका निकै अहम् भएको मन्त्री आलेले बताए ।