२०८२ जेठ २१ मङ्गलबार

राशिफल

युक्रेनले रुससँगको कुटनीतिक सम्बन्ध तोड्यो

काठमाडौ :  युक्रेनले रुससँग कुटनीतिक सम्बन्ध तोडेको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले  बिहीवारको  एउटा प्रेस ब्रिफिङमा बोल्दै रुससँगको कुटनीतिक सम्बन्ध तोडिएको बताएको बीबीसीले जनाएको छ ।

यसैबीच राष्ट्रपति जेलेन्स्कीले देशभित्र हतियार माग्ने जो कोहीलाई उपलब्ध गराउने बताएको छ । रुससँगको तनाव बढ्दै गर्दा युक्रेनी नागरिकहरूले आधारभूत सैन्य तालिम लिइरहेको तस्बिर पनि सार्वजनिक भएको थियो ।

 

बिहीवार बिहान पुटिनले युक्रेनमाथि सैन्य कारबाहीको घोषणा गर्नुभएको थियो । त्यो घोषणापछि युक्रेनका विभिन्न क्षेत्रमा हवाई आक्रमण भएको छ । रुसी आक्रमणबाट अहिलेसम्म सात जनाको ज्यान गएको युक्रेनले बताएको छ । आक्रमणमा सैन्य एकाइहरूलाई निसाना बनाइएको अधिकारीहरूले बताएका छन् ।