काठमाण्डौ : सरकारले गाँजालाई औषधिका रूपमा प्रयोग गर्न दिने गरी कानुन निर्माणको तयारी थालेको छ । गृह मन्त्रालयले गाँजा तथा गाँजाजन्य पदार्थ नियमन विधेयक २०७८ तयार पारेको हो ।
विधेयक तयार पारेर गएको फागुन १० गते गृह मन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णय गरेर मन्त्रिपरिषद्को सैद्धान्तिक सहमतिका लागि पठाएको मन्त्रालयको लागुऔषध नियन्त्रण शाखाका प्रमुख उपसचिव गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए । विधेयकमा गाँजाको उत्पादन, सङ्कलन, बिक्रीरवितरण र निकासी कसरी गर्ने भन्ने विषय समेटिएको छ । ।
मन्त्रालयले केही दिन अगाडि सार्वजनिक गरेको गृह प्रशासन सुधार कार्ययोजनामा गाँजाको औषधीय प्रयोगका लागि कार्यविधि तय गर्ने उल्लेख थियो । यो विधेयक कानुन बनेर आएपछि त्यसैमा टेकेर कार्यविधि बनाउने तयारी मन्त्रालयको छ ।
तपाइँको प्रतिक्रीया