काठमाण्डौ : प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको छलफल सकिएको छ । संसद् भवन नयाँ बानेश्वरमा झन्डै तीन घण्टा बसेको बैठक अहिले सकिएको र बेलुका ७ बजे फेरि छलफल हुने कांग्रेसका महामन्त्री गगन थापाले बताए ।
उनले सत्ता गठबन्धन धरापमा परिसकेको र यो अब लामो समय नजाने पुष्टि गरेका छन । सरकारमै रहेका माओवादी र एकीकृत समाजवादीले सरकारले पेस गरेको सम्झौतालाई साथ नदिनु भनेकाले गठबन्धन लगभग टुटिसकेको रूपमा बुझ्दा हुने थापाले बताए ।
तपाइँको प्रतिक्रीया