काठमाण्डौ : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बेरोजगार व्यक्तिहरूलाई आफ्नो वडा कार्यालय वा पालिकामा रहेको रोजगार सेवा केन्द्रमा सूचीकृत हुन अनुरोध गरेको छ ।
तोकिएको मापदण्ड पूरा गरेका नागरिकले फागुन महिना भरि आफू स्थायी बसोबास गरिरहेको वडा वा पालिकामा रहेको रोजगार सेवा केन्द्रमा गएर बेरोजगारको सूचीमा सूचीकृत हुन सक्ने मन्त्रालयले जनाएको छ ।
बेरोजगारको सूचीमा सूचीकृत हुन १८ वर्षदेखि ५९ वर्षसम्म उमेर समूहको हुनु पर्ने छ, निवेदन दिँदाको मितिसम्म यो आर्थिक वर्षमा न्यूनतम एक सय दिनको रोजगारीमा संलग्न नभएको हुनुपर्छ भने स्वरोजगारमा संलग्न व्यक्तिको हकमा निवेदन दिँदाको मितिसम्म आर्थिक वर्षमा न्यूनतम एक सय दिनको रोजगारी बापत प्राप्त गर्ने नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक बराबरको आय ५७ हजार ७ सयभन्दा कम हुनुपर्छ ।
तपाइँको प्रतिक्रीया