२०८२ जेठ २३ बिहीबार

राशिफल

चुनाव नजिकिएसँगै लोकतान्त्रिक इन्जिनियर समुह व्यापक तयारीमा जुट्यो

काठमाण्डौं : नेपाल इन्जिनियर्स एसोसियसनको निर्वाचन नजिकदै जाँदा विभिन्न संगठनहरुले आ–आफ्ना उम्मेदवारहरुको प्रचार–प्रसारमा जुटेका छन् ।

आगामी फागुन २७ गते हुने नेपाल इन्जिनिर्यस एसोसिएसनको निर्वाचनलाई मध्यनजर गर्दै दिलिप कुमार झा नेतृत्वको लोकतान्त्रिक इन्जिनियर समुह पनि चुनावका लागि देशप्यापी रुपमारुपमा जुटेको हो ।

लोकतान्त्रिक इन्जिनियर समुह (दिलिप) समूहबाट उपाध्यक्षमा ऋषि कोईराला, महासचिवमा कृष्ण सिंह बस्नेत, उपमहासचिवमा सुधिर गुरागाई, कोषाध्यक्षमा रमिता श्रेष्ठ, सह–कोषाध्यक्षमा संजयकुमार महतो लगायतका उम्मेद्वारहरु रहेका छन् ।

यस्तै, सदस्यहरुमा पराग कायस्थ, डा. ढुडिराज दाहाल, बज्रमान सिंह थापा, लैला श्रेष्ठ, प्रजन हाडा, लक्ष्मण मण्डल, अन्जनि कु.दवजु श्रेष्ठ, डा. भरत मण्डल, सुभाष जोशी,नविन तिवारी, रामाशंकर जयसवाल र भोजराज यादबले उम्मेद्वारी दिएका छन्।healthसाथै परिषद् सदस्यहरुमा इन्जिनियर रत्नेश्वरलाल कर्ण, पुनम शाह, भगतमान सिंह प्रधान, टेकराज बोहरा, रोमि मानन्धरले उम्मेदवारी दिएका हुन् ।

यसैबीच, बागमती प्रदेशबाट नेपाल इन्जिनियर्स एसोसिएसनको दोस्रो कार्यसमितीको लागि जिबनकुमार श्रेष्ठले सभापति पदको लागि उम्मेद्वार दिएका छन् ।

यस्तै समितीको उपभापतिमा राजेश पाण्डे, सचिवमा इन्द्रमान सिंह सुवाल, सह–सचिवमा प्रवेशकुमार आचार्य, कोषाध्यक्षमा कुमार भट्टको उम्मेद्वारी रहेको छ ।

साथै, प्रदेश प्रतिनिधी सदस्यमा सुजितमान राजभण्डारी तथा सदस्यहरुमा रविन्द्रराज पन्त, हरि नारायण यादब, गौरवशिंह बस्नेत, श्रीधर भट्टराई, सन्जयचन्द्र न्यौपाने, राजु श्रेष्ठ, दिपेस श्रेष्ठ र राजेश कुमार चोरबार रहेको सह–कोषाध्यक्ष पदको प्रत्यासी इ. संजय कुमार महतोले एनडिसी खबरलाई जानकारी दिए ।