२०८२ असार ६ शुक्रबार

राशिफल

खोटाङ कांग्रेसले वडातहसम्म खटायो संगठन विस्तार, सुदृढिकरण तथा अनुगमन टोली

काठमाण्डौं :  नेपाली कांग्रेस खोटाङको संगठन विस्तार तथा सुदृढीकरणका लागि अनुगमन टोली परिचालन गरिने भएको छ । कांग्रेस जिल्ला कार्यसमिती खोटाङको गत फागुन ७ गते जिल्ला सभापति विष्णुकुमार राईको सभापतित्वमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

 अनुगमन कार्यलाई वडा तहबाट नै प्रभावकारी कार्यान्वयन गर्ने ध्ययले ७९ ओटा टोली गठन गरी परिचालन गर्न लागिएको जिल्ला सभापति विष्णुकुमार राईले एनडिसी खबरलाई बताए ।

परिचालित टोलीले एक हप्तासम्म तोकिएको वडा तथा टोलसम्म पुगेर कार्यदिशा बमोजिमको प्रतिवेदन तयार गरी आगामी चैत्र २ भित्रमा बुझाउन निर्देशन दिएको छ ।

health

यस्तै फागुन १४ गते अनुगमन टोली लक्षित गरी जिल्लाका १० ओटै स्थानीय तहका पालिका केन्द्रहरुमा अभिमुखिकरण तालिम आयोजना गरिएको छ ।