काठमाण्डौ : झापाको शिवसताक्षी नगरपालिका १० मा आगलागी हुँदा दुई जना घाइते भएका छन् ।
शिवसताक्षी नगरपालिका १० दोमुखामा दोमुखा पर्यटन बोर्डले बनाएको भवनमा गएराति बिजुली सर्ट भएर आगलागी हुँदा ४३ वर्षकी बालिका भण्डारी र उनकी १४ वर्षकी छोरी अस्मिता भण्डारी आगोले जलेर घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घाइतेको बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ ।
आगलागीबाट के कति क्षती भयो भन्ने यकिन विवरण आइसकेको छैन।
तपाइँको प्रतिक्रीया