काठमाडौं : काठमाडौंमा एक महिलालाई आफनै श्रीमानले छुरा प्रहार गरी घाइते बनाएका छन् ।
बाँके चिसापानी घर भई हाल काठमाडौं महानगरपालिका ९ सिनामंगलमा डेरा लिएर बसेकी २८ वर्षीय प्रमिला पराजुलीलाई उनके श्रीमान् अम्मर रोकायाले छुरा प्रहार गरेको प्रहरीले जनाएको छ । छुरा प्रहारबाट प्रमिला गम्भिर घाइते भएकी छिन् ।
रोकायले मादक पदार्थ सेवन गरी श्रीमतीलाई बिहीबार साँझ घाटीमा छुरा प्रहार गरेको प्रहरी वृत्त गौशालाले जनाएको छ ।
प्रमिलाको घाटीमा गम्भीर चोट लागेको छ ।उनी बोल्नै नसक्ने अवस्थामा छिन । छुरा प्रहार गर्ने श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिए ।
तपाइँको प्रतिक्रीया