२०८२ असार ५ बिहीबार

राशिफल

ललितपुरमा १२ जुवाडे पक्राउ

काठमाडौं : ललितपुर महानगरपालिका १२ मंगलबजार स्थित इटिचोकबाट प्रहरीले १२ जना जुवाडेहरुलाई पक्राउ गरेको छ । गएराति जुवा खालबाट ८८ हजार ६६५ रुपैयाँ नगद बरामद गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका एसपी सिद्धिविक्रम शाहले बताए ।

जुवा खालबाट प्रहरीले कौडा समेत बरामद गरेको छ । उनीहरुले अनलाईन मार्फत भुक्तानी गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । अनलाइन मार्फत भुक्तानी गरेको बारे अनुसन्धान भइरहेको एसपी शाहले जानकारी दिए ।