काठमाडौं : सोलुखुम्बुको लिखुपिकेमा निर्माणाधिन एमडी दुगड हाइड्रोपावर आयोजनामा सवारी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
जिल्लाको लिखुपिके गाउँपालिका ५ पात्तालस्थित सो आयोजनाको मिक्स्चर लोड गरेर जाँदै गर्दा अनियन्त्रित भएर गाडी दुर्घटना भएको जनाएको छ । दुर्घटनामा परि गोर्खाको सौरापानी ५ घर भएका ३० वर्षीय चालक अर्जुन थेवाली मगरको ज्यान गएको बुझिएको छ ।
दुर्घटना हिजो राति करिव २ बजेको समयमा भएको हो । दुर्घटनाग्रस्त गाडी सडकबाट करिव १ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
तपाइँको प्रतिक्रीया