काठमाडौं : एएफसी एसियन कप फुटसल छनोटका लागि नेपाली टोलीले आजदेखि बन्द प्रशिक्षण सुरु गरेको छ । यसअघिका दुई संस्करणमा जितविहीन नेपालले पहिलो अन्तर्राष्ट्रिय जितको लक्ष्य राखेको छ ।
सन् २०१७ र २०१९ मा गरी दुईपल्ट एएफसी एसियन कप फुटबल छनोट खेलेको नेपालले दुवै प्रतियोगितामा ६ खेल खेलेकोमा अहिलेसम्म जित्न सकेको छैन । यही वर्ष पहिलोपल्ट आयोजना भएको ए डिभिजन फुटसल लिगबाट छानिएका खेलाडीलाई आजदेखि बन्द प्रशिक्षण सुरु गरिएको छ ।
एसियाली फुटबल महासंघअन्तर्गत मध्य र दक्षिण एसियाली क्षेत्रको तल्लो वरीयताबाट सहभागिता जनाउने नेपालले यसपटक समूह बी मा एसियाली पावरहाउस उज्वेकिस्तान, ताजिकिस्तान र अफगानिस्तानको सामना गर्दैछ । किर्गिस्तानमा चैत १८ देखि बैशाख २ गतेसम्म आयोजना हुने प्रतियोगितामा नेपालले चैत २७ गते उज्वेकिस्तान, २८ गते ताजिकिस्तान र २९ गते अफगानिस्तानसँग खेल्दैछ ।
तपाइँको प्रतिक्रीया