२०८२ असार ६ शुक्रबार

राशिफल

एमालेले गराए निर्वाचन आयोगमा दल दर्ता

काठमाडौं : नेकपा एमालेले स्थानीय तह निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएको छ ।

शुक्रबार काठमाडौंको कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा पुगेर एमाले महासचिव शंकर पोखरेल नेतृत्वको टोलीले स्थानीय तह निर्वाचन प्रयोजनका लागि दल दर्ता गराउन निवेदन दिएको हो ।

निर्वाचन आयोगले जारी गरेको सूचनाका आधारमा निर्वाचन आयोगमा पुगेर स्थानीय तह निर्वाचन प्रयोजनका लागि दल दर्ता गरिएको एमाले महासचिव पोखरेलले बताए ।

उनले आफ्नो पार्टी निर्वाचनको तयारीमा जुटिसकेको बताउँदै अन्य राजनीतिक दलहरुलाई पनि निर्वाचनको प्रक्रियामा सहभागी  हुन अनुरोध गरे ।