२०८२ जेठ २२ बुधबार

राशिफल

२४ घण्टामा थपिए २ सय ७५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डौ : पछिल्लो २४ घण्टामा नेपालमा दुई सय ७५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी आठ हजार ६ सय २८ जनाको नमुना परीक्षण गर्दा दुई सय ७५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै थप  ५  सय ५५ जना निको भएका छन् । योसहित कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ९ लाख ५५ हजार ४ सय ५८ जना पुगेको छ ।

यही अवधिमा एक जना सङ्क्रमितको ज्यान गएको र योसहित कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ९ सय ३२ जना पुगेको छ ।

अहिले नेपालमा नौ हजार दुई सय ८० जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका मन्त्रालयले जनाएको छ ।