काठमाण्डौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा सत्तारुढ गठबन्धनलाई ७ दिन उठ्नै नसक्ने गरी पछार्ने दाबी गरेका छन् ।
गठबन्धन पनि जोगाउने र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी पनि पारित गर्ने समझदारी भएको खबर पढेपछि ओली आक्रोसित रुपमा प्रस्तुत भएका हुन् ।
पोखरामा भएको पार्टी प्रवेश तथा कार्यकर्ता भेलामा आफैंले अगाडि बढाएको एमसीसीबारे सरकारमा बस्नेहरुले आफूलाई ढुंगा हान्न लगाएको आरोप लगाउँदै संसद बैठकबारे प्रसंग जोड्दै थिए ।
ओलीले एमसीसीको विषयमा छलफल गर्ने भनिएको बैठक फेरि पनि सारिएको बताइरहँदा एमाले गण्डकी उपसचिव रश्मी आचार्यले सत्तारुढ गठबन्धनबीच भएको नयाँ समझदारीको समाचार देखाए ।
तपाइँको प्रतिक्रीया