काठमाडौं : सत्तारुढ नेकपा माओवादी केन्द्र अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट अनुमोदनका लागि सहज वातावरण बनाउन तयार भएको छ।
सरकारको नेतृत्वकर्ता नेपाली कांग्रेसलाई उसको प्रस्ताव छ, एमसीसीको पक्षमा मत दिंदैनौं, तर एमसीसी अनुमोदनका लागि पेश गर्दा विपक्षमा मत पनि दिन्नौं । बैठक बहिष्कार गर्छौं, ताकि ध्वनि मतका आधारमा अनुमोदन होस् ।
तर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि विश्वस्त हुन नसकेका प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेसँग पनि सम्वाद कायमै राखेका छन् ।
एमसीसी अनुमोदनका लागि सत्तारुढ गठबन्धन तयार नभएपछि कांग्रेस सभापति समेत रहेका देउवा बिहीबार मात्र प्रमुख विपक्षी नेकपा एमालेका नेताहरुसँग दुई पटक छलफल गरेका थिए ।
प्रधानमन्त्री देउवासँग माओवादी केन्द्रका नेताहरुले पनि सम्वाद गरेका थिए, तर एमाले नेतृत्वको प्राथमिकतामा पनि कांग्रेस परेको छ ।
तपाइँको प्रतिक्रीया