काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग फुटबलमा न्यूरोड टिम एनआरटी तेस्रो भएको छ । सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा भएको खेलमा नेपाल पुलिस क्लबलाई ३–१ गोल अन्तरले हराउँदै एनआरटीले तेस्रो स्थान पक्का गरेको हो ।
पहिलो हाफमा आत्मघाती गोलबाट पछि परेको एनआरटीले दोस्रो हाफमा ३ गोल गर्न सफल भयो । एनआरटीको लागि मेसुके ओलेमाउले ह्याट्रिक गरे । एनआरटीका शिव गुरुङले आफ्नै पोस्टमा गोल गरेका थिए ।
तपाइँको प्रतिक्रीया