काठमाण्डौं : तीनबर्ष अघि नै निर्माण भएर बसेको नयाँ चलचित्र ‘म यस्तो गीत गाउँछु २’ ले दर्शकको मन जितेको छ ।
अहिले देशका विभिन्न हलहरुमा चलचित्र प्रदर्शन भइरहँदा दर्शकहरुको बाक्लो उपस्थिती रहेको पाइएको छ । प्रेमकथामा आधारीत यो चलचित्र कोरोना महामारी भन्दा अघि नै निर्माण भएको हो । फागुन १३ गतेबाट प्रदर्शनमा आएको छ ।
दुईबर्ष अघि नै प्रदर्शन हुनुपर्ने यो चलचित्रलाई कोरोनाले नराम्रोसँग असर पा¥यो । प्रदर्शन मिति तोक्दै सार्दै गर्नुपरेको अवस्था धेरैपटक आयो ।
अन्ततः फागुन १३ गतेबाट प्रदर्शन गर्ने निर्णय गरेसँगै देशब्यापी प्रदर्शनमा आएको हो । चलचित्र प्रदर्शनमा आएसँगै देशका विभिन्न हलहरुमा दर्शकको भिड बढेको पाइएको छ ।
दर्शकको भिड बढ्नु भनेकै चलचित्र दर्शकले मन पराएको भन्ने बुझ्न सकिन्छ ।
उक्त चलचित्रको बुधबार राती प्रिमियर शो आयोजना गरियो ।
जहाँ नेपाली चलचित्र क्षेत्रका अधिकांश कलाकारहरुको उपस्थिती थियो ।
लामोसमयपछि नेपाली चलचित्र क्षेत्र चलायमान हुने देखिएपछि चलचित्रकर्मिमा पनि उत्साह छाएको छ ।
प्रतिक्षित चलचित्रहरु प्रदर्शन हुँदा दर्शकलाई हलसम्म आउनेमा चलचित्रकर्मि आशावादी छन् ।
‘म यस्तो गीत गाउँछु २’को प्रिमियरमा धेरैबर्ष पछि यतिधेरै कलाकारको उपस्थिती भएको हो । नेपाली चलचित्रक्षेत्रनै संकटमा परेको अवस्थामा चलचित्रकर्मिले नेपाली चलचित्रलाई माथि उठाउनका लागी साथ दिएको बुझ्न सकिन्छ ।
बुधबार कीर्तिपुर सिनेप्लेक्समा आयोजना भएको प्रिमियरमा २ घन्टा १६ मिनेट लामो उक्त चलचित्र हेरेपछि निर्माण टिमको तारिफ गरिएको थियो ।
सुदर्शन थापाले निर्देशन गरेको यो चलचित्रमा पल शाह, पूजा शर्मा, हरिहर शर्मा, दिनेश डीसी, गणेश गिरी लगायतका कलाकारको मुख्य अभिनय रहेको छ ।
तपाइँको प्रतिक्रीया