२०८२ असार १५ आइतबार

राशिफल

युक्रेनको राजधानी किएभमा आज मिसाइल आक्रमण हुनसक्ने आशङ्का

काठमाडौं : रुसले युक्रेनमा आक्रमणलाई आज पनि निरन्तरता दिएको छ । रुसको आक्रमण पछि त्रसित भएका युक्रेनका नागरिकले राजधानी किभ छोड्ने क्रम चलिरहेको छ ।

पछिल्लो ४८ घण्टामा युक्रेनबाट एक लाख २० हजार जनाभन्दा धेरै बाहिरिएका संयुक्त राष्ट्र सङ्घले जनाएको छ । रुसी सेना राजधानी किएभमा नै प्रवेश गरेकाले त्यहाँ रहेकाहरु छिमेकी देशमा शरण लिन पुग्न थालेका छन् । यसबीचमा जर्मनी र फ्रान्सले युक्रेनलाई थप हतियार दिने घोषणा गरेका छन् भने नेदरल्यान्डले सेना नै पठाउने तयारी गरेको बीबीसीले जनाएको छ ।

किएभको अवस्था थप खतरनाकतर्फ अघि बढिरहेको खबरमा उल्लेख छ । त्यहाँ मिसाइल आक्रमण हुन सक्ने आशङ्का गरिएको छ । किएभका मेयरले त्यहाँ रहेका नागरिकलाई भोलि बिहानसम्म घरभित्रै बस्न आदेश दिएका छन् । रुसी सेना प्रवेश गरेकाले भोलि बिहानसम्मका लागि किएभमा कर्फ्यु लगाइएको छ ।