काठमाडौं : अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन एमसीसी परियोजना अनुमोदन गर्ने विषयमा थप छलफल गर्न नेकपा एकीकृत समाजवादीले स्थायी समिति बैठक सुरु भएको छ ।
सत्तारुढ गठबन्धन दल एमसीसीका बारेमा ‘व्याख्यात्मक घोषणा’सहित अनुमोदन गराउन सहमत देखिएपछि नेकपा एकीकृत समाजवादीले बैठक बोलाएको हो ।
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले ‘व्याख्यात्मक घोषणा’सहित एमसीसी पारित गर्ने सत्ता गठबन्धनले निर्णय गरेको थियो । बैठकपछि काँग्रेस नेता रामचन्द्र पौडेलले व्याख्यात्मक घोषणासहित अमेरिकी सहयोग परियोजना पारित गर्ने गठबन्धनमा सहमति भएको बताए ।
तपाइँको प्रतिक्रीया