२०८२ असार ६ शुक्रबार

राशिफल

संसदीय प्रक्रियामा सहभागी हुने वातावरण गठनबन्धनले नबनाएकाले विरोध जारी रहने : सुवास नेम्वाङको भनाई

काठमाडौं  :  नेकपा एमालेले आइतबारको प्रतिनिधिसभा बैठकमा पनि अवरोध कायमै राख्ने भएको छ ।

सत्ता गठबन्धनको बैठकले व्याख्यात्मक घोषणासहित प्रतिनिधिसभाबाट एमसीसी अनुमोदन गर्ने निर्णय गरेको छ । तर एमसीसी अनुमोदनका लागि हुने संसदीय प्रक्रियामा सहभागी हुने वातावरण सत्ता गठबन्धनले नबनाएका कारण एमालेले अवरोध जारी राख्ने संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए ।

‘हामीले प्रमुख सत्तासाझेदार दल कांग्रेससंग संवाद पनि गरेका हौैं,’ नेम्वाङले भने, ‘तर प्रतिनिधिसभाको अवरोध खोल्न हामीले राखेको मागमा उनीहरु सकारात्मक भएन, हामी प्रक्रियामा सहभागी हुने अवसरबाट वञ्चित भयौं ।’