काठमाडौं : नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक जारी रहेको छ ।
एमसीसीलाई ब्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन गर्ने पार्टी र सत्ता गठबन्धनको निर्णयबारे जानकारी दिन माओवादी अध्यक्ष एवम् संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले दलको बैठक राखेका हुन् । बैठक संसद भवन नयाँबानेश्वरमा जारी छ ।
आज दिउँसो १ बजे बोलाइएको प्रतिनिधि सभा बैठकबाट एमसीसी पारित गर्ने निर्णय सत्ता गठबन्धनको बैठकले गरेको छ । त्यसअघि बसेको माओवादी केन्द्रीय कार्यालयको विस्तारित बैठकले पनि सोही निर्णय गरेको थियो ।
तपाइँको प्रतिक्रीया