२०८२ असार ६ शुक्रबार

राशिफल

व्याख्यात्मक घोषणा एमसीसीको समस्या हल हुने उपाय भएको प्रचण्डको तर्क

काठमाडौं  :  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले व्याख्यात्मक घोषणासहित अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन गर्ने सत्तारुढ गठबन्धनबीचको सहमतिको बचाउ गरेका छन् ।

आइतबार विहान बसेको माओवादी केन्द्रीय कार्यालयको विस्तारित बैठकले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको थियो । लगतै सत्तारुढ गठबन्धनको बैठकमा पनि त्यही सहमति भएको छ । अब आइतबार नै बस्ने संसद बैठकले प्रश्न उठेको विषयमा व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने तयारी छ ।

त्यसअघि बसेको संसदीय दलको बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भनेका छन्, ‘गठबन्धन पनि बच्ने, एमसीसीको समस्या पनि हल हुने उपाय हो व्याख्यात्मक घोषणा ।’