२०८२ असार ६ शुक्रबार

राशिफल

व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने नेकपा समाजवादीको निर्णय

काठमाडौं : माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको छ ।

 

आइतबार बिहान बसेको सो पार्टीको स्थायी कमिटी बैठकले एमसीसीबारे उक्त निर्णय गरेको सहरी विकास मन्त्री समेत रहेकी नेतृ रामकुमारी झाँक्रीले जानकारी दिइन् । उनले अहिलेसम्म गरेका प्रयासहरू अनुसार उक्त निर्णयमा पार्टी पुगेको पनि बताइन् ।