काठमाण्डौ : भारतले श्रीलङ्कासँगको तीन खेलको टी–२० श्रृङ्खलामा क्लिन स्वीप गरेको छ । गएराति घरेलु मैदानमा भएको तेस्रो तथा अन्तिम खेलमा श्रीलङ्कालाई ६ विकेटले हराएर भारतले श्रृङ्खला ३–० ले जितेको हो ।
श्रीलङ्काले दिएको १ सय ४७ रनको लक्ष्य भारतले १५ ओभर ५ बलमा मात्र ४ विकेट गुमाएर भेट्टायो । भारतका लागि श्रेयस ऐरले अविजित रहँदै ७३ रनको अर्धशतकीय पारि खेले । यस्तै, रविन्द्र जडेजाले २२, दीपक होडाले २१ तथा सञ्जु सामसनले १८ रन बनाए ।
श्रीलङ्काका लाहिरु कुमाराले दुई विकेट लिए भने दुशमन्थ चमेरा र चामिका कारुनारत्नेले एकरएक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको श्रीलङ्काले २० ओभरमा ५ विकेट गुमाएर १ सय ४६ रन जोडेको थियो ।
तपाइँको प्रतिक्रीया