२०८२ असार ६ शुक्रबार

राशिफल

दाङमा भएको छुट्टाछुट्टै दुर्घटनामा परि दुईको मृत्यु

काठमाडौं :  दाङको तुलसीपुर–घोराही सडक खण्डमा गएराति भएका छुट्टाछुट्टै दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ ।

घोराही– लमही सडक खण्डको तुलसीपुर उपमहानगरपालिका–१८ बेलझुण्डीमा बा ३ ख ६४३ नम्बरको माइक्रो र नम्बर नखुलेको मोटरसाइकल ठोक्किँदा तुलसीपुर उपमहानगरपालिका १८ का २१ वर्षका रेशम चौधरीको ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

यस्तै, तुलसीपुर उपमहानगरपालिका–१८ डाँडागाउँमा रा ५ प ९०६६ नम्बरको स्कुटर र लु १ च ६२८९ नम्बरको पिकअप गाडी ठोक्किँदा तुलसीपुर उपमहानगरपालिका–१७ का ताराबहादुर केसीको ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।