२०८२ असार २ सोमबार

राशिफल

युक्रेन रुससँग वार्ताका लागि तयार, युक्रेनी प्रतिनिधिमण्डलको सुरक्षाको जिम्मा बेलारुसलाई

In this photo taken from video provided by the Ukrainian Presidential Press Office, Ukrainian President Volodymyr Zelenskyy speaks to the nation in Kyiv, Ukraine, Sunday, Feb. 27, 2022. Street fighting broke out in Ukraine’s second-largest city Sunday and Russian troops put increasing pressure on strategic ports in the country’s south following a wave of attacks on airfields and fuel facilities elsewhere that appeared to mark a new phase of Russia’s invasion. (Ukrainian Presidential Press Office via AP)

काठमाडौं : युक्रेनले रुससँग वार्ताका लागि तयार रहेको जनाएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसको वार्ता प्रस्ताव स्वीकार गर्नुभएको हो ।यसअघि उहाँले बेलारुसमा वार्ता गर्ने रुसी प्रस्ताव अस्वीकार गरेका थिए ।

युक्रेनी राष्ट्रपति जेलेन्स्की युक्रेन–बेलारुसको सीमामा रहेको प्रि–प्याट नदी नजिक वार्ता गर्न तयार भएका हुन । युक्रेनी राष्ट्रपति जेलेन्स्की कुनै पनि पूर्वसर्त विना आफ्नो वार्ता टोली पठाउन तयार भएका बेलारूसी राष्ट्रपति अलेक्जेण्डर लुकासेन्कोले बताएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

वार्ताको विषयमा युक्रेनी राष्ट्रपति जेलेन्स्की र बेलारुसी राष्ट्रपति लुकासेन्कोबीच टेलिफोनमा कुराकानी भएको हो । बेलारुसले युक्रेनी प्रतिनिधिमण्डलको यात्रा, वार्ता र फर्कने क्रममा बेलारूसी भूभागमा राखिएका सबै विमान, हेलिकप्टर र क्षेप्यास्त्रहरू जमिनमा रहने सुनिश्चित गर्ने जिम्मेवारी लिने भएको छ ।

यसैबीच, रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना रक्षा प्रमुखहरूलाई आणविक ‘प्रतिरोधक बल’ उच्च सतर्कतामा राख्न आदेश दिएको छ ।

रुसको मस्कोमा आणविक हातहतियार र ब्यालेस्टिक मिसाइलको विश्वकै दोस्रो धेरै भण्डार छ जुन देशको प्रतिरोध बलको मेरुदण्ड बनेको बीबीसीले जनाएको छ । रुसको आक्रमणमा परेर युक्रेनमा १४ बालबालिकासहित ३ सय ५२ जनाको ज्यान गएको छ ।