काठमाडौं : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित ६ दलीय गठबन्धनले सोमवार नेपाल बन्दको आव्हान गरेको छ ।
अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौताको विरुद्ध गठबन्धनले नेपाल बन्दको घोषणा गरेको हो । उक्त दलहरुले संयुक्त प्रेस विज्ञप्ति नै निकालेर बन्दको घोषणा गरेका हुन । तर काठमाडौं उपत्यकामा यसको प्रभाव खासै देखिएको छैन । विहानै देखि लामो तथा छोटो दुरीका सवारी साधन समेत आवतजावत भइरहेको छ ।
तपाइँको प्रतिक्रीया