काठमाण्डौ : युद्धग्रस्त युक्रेनबाट नेपालीहरु छिमेकी देश पोल्यान्ड, स्लोभाकिया, रोमानिया र हङ्गेरी प्रवेश गर्ने क्रम चलिरहेको छ ।
अहिलेसम्म पोल्यान्ड, स्लोभाकिया, रोमानिया र हङ्गेरीमा ५८ जना नेपाली प्रवेश गरिसकेका छन् । ९० जना नेपाली सीमाक्षेत्रमा पुगेका छन् । ८० नेपाली युक्रेन छाड्ने पर्खाइमा छन् । पोल्यान्डमा मात्रै ३० नेपाली प्रवेश गरेका छन् ।
७० जना लाइनमा छन् । पोल्यान्डले सीमा क्षेत्रमा रोकी राखेकाले घण्टौँसम्म लाइनमा बस्न नेपाली बाध्य भएका छन् ।
सीमा क्षेत्रमा अलपत्र रहेका नेपालीलाई पोल्यान्ड प्रवेशका लागि गैरआवासीय नेपाली सङ्घले समन्वय गरिरहेको छ । त्यस्तै, १२ नेपाली युक्रेनबाट स्लोभाकिया पुगेका छन् भने १२ जना रोमानिया प्रवेश गरेका छन् ।
स्लोभाकियामा गैरआवासीय नेपाली सङ्घले आईओएमसँग समन्वय गरेर सय नेपालीका लागि बस्ने व्यवस्था मिलाएको बर्लिनमा रहेको दूतावासलाई जानकारी गराएको छ । युक्रेनका लागि गैरआवासीय राजदूत रामकाजी खड्काका अनुसार युक्रेनमा रहेका र छोडेकासमेत अहिलेसम्म दुई सय २८ जना नेपाली बर्लिनमा रहेको नेपाली राजदूतावासको सम्पर्कमा छन् ।
तपाइँको प्रतिक्रीया