काठमाण्डौ : वैशाख ३० गते हुने स्थानीय तह चुनावको लागि ८० वटा राजनीतिक दलले दल दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । फागुन ५ गतेदेखि हिजो १५ गतेसम्मको समयसीमामा ८० वटा राजनीतिक दलले दर्ताको लागि निवेदन दिएका आयोगले जनाएको छ ।
आयोगमा नेकपा एमाले, नेपाली कांग्रेस, एकीकृत समाजवादी लगायतका दलले दर्ताको लागि निवेदन दिएका छन् । दल दर्ताको लागि निवेदन दिने समय सकिएको छ । दल दर्ताको लागि आएका निवेदन अध्ययन गरेर अबको एक हप्ताभित्र दलका नाम राजपत्रमा प्रकाशित गरिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।
आयोगबाट १ सय ११ दलले मान्यता पाएको भए पनि ८० दलले मात्रै दर्ताको लागि निवेदन दिएका हुन् ।
तपाइँको प्रतिक्रीया