काठमाण्डौं : बन्दकर्ताले सुन्धारास्थित काठमाडौं मल अगाडी सार्वजनिक गाडीमा तोडफोड गरेका छन् ।
नेपाल बन्द आयोजना गर्नेहरुले ढुंगा हानेर दक्षिणकाली चोभार यातायातको गाडी तोडफोड गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए ।
मोटरसाइकलमा आएकाहरूले गाडीमा ढुंगा हानेर भागेका थिए ।
ढुंगा प्रहारबाट बा३ख ११५८ नम्बरको बसमा सामान्य क्षति पुगेको छ ।
मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० संसदबाट अनुमोदन भएको विरोधमा ६ वटा कम्युनिष्ट संगठन र दुईवटा मोर्चाले सोमबार बन्दको आह्वान गरेका छन् ।
तपाइँको प्रतिक्रीया