काठमाडौं : जमलस्थित कमलाक्षीबाट प्रहरीले दुईजना बन्दकर्तालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीको बागमती प्रदेश सचिव सुरेश श्रेष्ठ र सदस्य सर्जित बज्राचार्य छन् ।
असन र कमलाक्षी क्षेत्रमा पसल बन्द गराउँदै हिँडेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।
तपाइँको प्रतिक्रीया