२०८२ असार २ सोमबार

राशिफल

बहराइन स्थित नेपाली दूतावासले पनि दिन थाल्यो विद्युतीय राहदानी

काठमाण्डौ : बहराइनमा रहेको नेपाली दूतावासले पनि विद्युतीय राहदानी प्रदान गर्न थालेको छ । दूतावासले हिजो आइतबारदेखि विद्युतीय राहदानीको लाइभ इनरोलमेन्ट शुरु गरेको बहराइनको मनामास्थीत नेपाली दूतावासले जनाएको छ । एमआरपीको अवधि सकिएर नवीकरणको प्रतिक्षामा रहनुभएकी शर्मिला लिम्बुको लाइभ इनरोलमेन्टसँगै यो सेवाको सुरुवात भएको हो ।

लाइभ इनरोलमेन्ट जारी भएको समयमा राहदानी विभागका महानिर्देशक डोरनाथ अर्यालले भच्र्युअल माध्यमबाट दूतावासमा सम्पर्क गरेका  छन  । विद्युतीय राहदानी तदारुकताका साथ जारी गर्न सफल भएकोमा उनले कार्यवाहक राजदूता अरुणा घिसिङ साथै दूतावासका कर्मचारीलाई बधाइ दिएको छ । यस्तै राजदूत घिसिङले पनि आवश्यक उपकरण प्रदान गरेर विद्युतीय राहदानी प्रदान गर्न सहजीकरण गरिदिएकोमा राहदानी विभागप्रति आभार व्यक्त गरेका छन ।

योसँगै दूतावासबाट अबदेखि विद्युतीय राहदानी मात्रै जारी हुने दूतावासले जनाएको छ । नेपाल सरकारले पछिल्लो समय एमआरपी राहदानीलाई हटाउँदै विद्युतीय राहदानी वितरण गर्न थालेको छ । योसँगै मलेसिया लगायत खाडीका अरु देश कतार,यूएई, साउदी र कुवेतमा रहेको नेपाली दूतावासले विद्युतीय राहदानीको लाइभ इनरोलमेन्ट सुरु गरिसकेको छ ।