२०८२ असार ७ शनिवार

राशिफल

एमसीसी राजनीतिक स्वार्थहरूका कारण पारित भएको विवेकशील साझा पार्टीको ठोकुवा

काठमाण्डौ  :   विवेकशील साझा पार्टीले अमेरिकी सहायता मिलेनियमन च्यालेन्ज कर्पोरेशन एमसीसी सम्झौतालाई लिएर थप राजनीति नगर्न नगर्न भनिएको छ । विवेकशीलले एमसीसीलाई गिजोलेर चरम सत्ता दाउपेचको विषय बनाउँदै कुनै संवैधानिक तथा कानुनी हैसियत नहुने व्याख्यात्मक टिप्पणीको लेपन लगाएर अनुमोदन गरिएबाट नेपाली राजनीति कति रसातलमा बहिरहेको छ भन्ने प्रस्ट भएको बताएको छ ।

‘एमसीसी निहीत राजनीतिक स्वार्थहरूका कारण पारित भएको पार्टीले ठहर भएको छ । संसदमा देशको हितबारेको बहस गौण हुनु र सत्ता समीकरण प्रधान हुनु अत्यन्तै चिन्ता र खेदजनक विषय हो’, प्रवक्ता शरदराज पाठकले निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सत्ता गठबन्धन र प्रतिपक्षी दलको अपरिपक्व र गैरजिम्मेवारीपूर्ण शैली एवम् संवेदनशील समयमा देखाएको उत्ताउलो रवैयाका कारण चीन र अमेरिकाको अस्वाभाविक सक्रियता बढेर एमसीसी पेचिलो भूराजनीतिक मुद्दा बनेको नेपालको लागि राम्रो संकेत नभएको विवकेशील साझा पार्टीले जनाएको छ ।