काठमाडौं : रुस युक्रेन द्वन्द्वका कारण प्रभावित दुई सय ४४ जना नेपाली सुरक्षित रुपमा आफ्नो गन्तव्यमा पुगेका छन् । गैरआवासीय नेपाली सङ्घ एनआरएनद्वारा गठित ‘रुस युक्रेन द्वन्द्वप्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिले नेपाली सुरक्षित रुपमा गन्तव्यमा पुगेको जनाएको छ ।
आज एक प्रेस विज्ञप्ति जारी गर्दै समितिले युक्रेन छाडेर पोल्याण्डमा ६०, स्लोभाकिया र रोमानियामा गरी २४, हङ्गेरीमा चार र माल्डावामा दुईजना सकुशल पुगेका जनाएको छ । सुरक्षित गन्तव्यमा जाने क्रममा पोल्याण्डको सीमामा १३०, स्लोभाकियाको सीमामा १२, रोमानियाको सीमामा १० र माल्डावाको सीमामा दुई नेपालीहरु दोस्रो देश जान रोकिएका छन् ।
उनीहरुले आज साँझसम्म सीमा पार गर्न सक्ने अनुमान गरिएको छ ।
तपाइँको प्रतिक्रीया