२०८२ जेठ २१ मङ्गलबार

राशिफल

पछिल्लो २४ घण्टामा १ सय ८० जनामा कोरोना पुष्टि

काठमाण्डौ :  पछिल्लो २४ घण्टामा नेपालमा १ सय ८० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टीजेन गरी ८ हजार ३ सय ४१ जनाको नमुना परीक्षण गरेकोमा एक सय ८० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ४ सय जना सङ्क्रमित निको भएका छन् । योसहित कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ५६ हजार ४ सय १३ जना पुगेको छ ।

यही अवधिमा एक जनासहित कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नौ सय ३६ जना पुगेको मन्त्रालयले जनाएको छ ।