२०८२ असार २ सोमबार

राशिफल

यूएईले मार्च महिनादेखि अनिवार्य मास्कको व्यवस्था हटाउने

काठमाण्डौ :  कोरोना संक्रमणदर कम भएसँगै यूएईले कोरोना नियन्त्रण गर्न लागू गरेका नियमहरुमा खुकुलो पार्दै आएको छ । मार्च १ देखि लागू हुने गरी अब घरबाहिर वा सार्वजनिक स्थलमा अनिवार्य मास्क लगाउनुपर्ने नियम हट्नेछ ।

तर बन्द ठाउँ अर्थात् घरभित्र इनडोर धेरै भेला भएको अवस्थामा भने मास्क अनिवार्य नै हुनेछ । यस्तै कोरोना पोजेटिभ भएकासँग कन्ट्र्याक्ट ट्रेसिङमा परेकालाई पनि अनिवार्य क्वरेण्टिनको नियम हट्ने यूएईको राष्ट्रिय आपतकालीन संकट व्यवस्थापन समितिको भनाइलाई उद्धृत गर्दै खलिज टाइमले जनाएको छ ।