२०८२ असार ७ शनिवार

राशिफल

राष्ट्रिय जनमोर्चा सत्ता गठबन्धनबाट अलग

काठमाण्डौ :  राष्ट्रिय जनमोर्चाले सत्ता गठबन्धनबाट अलग भएको घोषणा गरेको छ । आज सोमवार बसेको राष्ट्रिय जनमोर्चाको केन्द्रीय सचिवालयको बैठकले अमेरिकी सहायता परियोजना एमसीसी जबरजस्ती अनुमोदन गरिएको भन्दै गठबन्धन छाड्ने निर्णय गरेको हो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिगमनका विरुद्ध जनमोर्चाले पाँच दलीय गठबन्धनको निर्माण र त्यसको निरन्तरतामा जोड दिँदै आए पनि अहिले सरकारले नेपालको स्वाधीनता र सुरक्षाको विरुद्धमा रहेको एमसीसी अनुमोदन गरेकाले गठबन्धनबाट बाहिरिएको जनाएको छ ।

नेपाली नागरिक सडकमा आएको अवस्थामा जलझेल गरेर ध्वनि मतको आधारमा एमसीसी पारित गरेको आरोप लगाउँदै जनमोर्चाले तानाशाही तथा निरङ्कुश प्रवृत्तिको विरोध तथा भण्डाफोर गर्ने जनाएको छ ।