२०८२ असार ७ शनिवार

राशिफल

नेपाल र भारतबीच मल खरिदमा सम्झौता

काठमाण्डौ  :  सरकारले भारतसँग रासायनिक मल खरिदको सम्झौता गरेको छ ।

सरकार–सरकार अर्थात् जी टु जीु प्रक्रियाबाट रासायनिक मल खरिद गर्न नेपाल र भारतबीच सम्झौता भएको हो ।

भारतको तर्फबाट रसायन एवम् मल मन्त्रालयका सचिव राजेश कुमार चतुर्वेदी र नेपालको तर्फबाट कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्माले आज सोमवार समझदारी पत्रमा हस्ताक्षर गरेको हो ।

जी टु जी प्रक्रियामार्फत भारतबाट नेपालमा युरिया र डीएपी मल आपूर्तिका लागि दुई देशका सरकारबीच समझदारी पत्रमा हस्ताक्षर भएको कृषि सामग्री कम्पनी लिमिटेडका कायममुकायम प्रबन्ध सञ्चालक राजेन्द्रकुमार कार्कीले जानकारी दिए । यो सम्झौता पाँच वर्षका लागि हुनेछ ।

सम्झौताअनुसार यो आर्थिक वर्ष एक लाख ५० हजार टन मल ल्याइनेछ । जसमा ६० प्रतिशत युरिया र ४० प्रतिशत डीएपी मल आयात हुने कार्कीले जानकारी दिए ।