२०८२ असार ७ शनिवार

राशिफल

चुनाव नजिकिएसँगै खोटाङ कांग्रेसले घोषणा पत्र तयार गर्न दियो जिम्मेवारी

काठमाण्डौं : स्थानीय तह निर्वाचनको लागि नेपाली कांग्रेस खोटाङले घोषणा पत्र तयार गर्न ११ जनालाई जिम्मेवारी दिएको छ ।

आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि पार्टीको घोषणा पत्र तयार गर्न कांग्रेस खोटाङका नेता डा. राजकुमार राईको संयोजकत्वमा ११ जनालाई जिम्मेवारी दिएको कांग्रेसका जिल्ला सभापति बिष्णुकुमार राईले जानकारी दिए ।

समितिमाको सदस्यहरुमा पार्टीका सुभेच्छुक संगठनका जिल्ला अध्यक्ष एवं प्रतिनिधि रहेका छन् ।

समितिको संयोजकमा नेता डा. राईसँगै सदस्यहरुमा जर्ण चाम्लिङ (उप-महासचिव नेपाल शिक्षक संघ प्रदेश नम्बर १), मेजर राई (अध्यक्ष नेपाल शिक्षक संघ खोटाङ), उत्तम चौलागाई (नेपाल प्रेस युनियन खोटाङ), प्रकाश घिमिरे (अध्यक्ष – नेपाल निजामती कर्मचारी संघ खोटाङ), जयन्ती राई (नेपाल शिक्षक महासंघ उपाध्यक्ष),

ललितचन्द्र राई (पुर्व उपाध्यक्ष नेपाल शिक्षक संघ खोटाङ), कपिलराज घिमिरे (नेपाल शिक्षक संघ), बिशबमणि आचार्य (नेपाल शिक्षक संघ) र उद्योग ब्यापार क्षेत्रबाट एकजना रहने गरी कार्यसमिति तयार भएको सभापति राईले बताए ।

गत फागुन ७ गते बसेको बैठकले उनिहरुलाई जिम्मेवारी दिएको हो ।