२०८२ जेठ २२ बुधबार

राशिफल

एकपटक मौका दिएर हेर्नुस् इन्जिनियरिङ क्षेत्रको समस्या कायापलट गरेर देखाउँछु : ईन्जिनियर महतो

रमन वन/काठमाण्डौं : नेपाल इन्जिनियर्स एसोसिएसन राजनीतिक नभई व्यावसायिक संस्था हो । यस संस्थाको जिम्मेवारीमा रहने व्यक्तिले सबैको साझा प्रतिनिधिको रुपमा कसैलाई अप्ठ्यारो नपर्ने गरी काम गर्दै आएको छ ।

अन्य सरोकारवाला निकायहरुसँग राम्रो सम्बन्ध स्थापित गर्न सक्ने, सबैतिर राम्रो पहुँच भएको, दीर्घकालिन सोच र दृढसङ्कल्प सहितको नेतृत्व अबको इन्जिनियर्स एसोसिएसनको आवश्यकता बनेको छ ।

लामो समयदेखि इन्जिनियरिङ क्षेत्रमा योगदान दिँदै आएका इन्जिनियर संजयकुमार महतो एक सफल व्यक्तित्व समेत हुन् ।

स्थायी घर जनकपुर भई हाल काठमाण्डौंको शंखमुल बस्दै आएका महतो बिगत १६ बर्षदेखि आफ्नै फर्म “Nepal Developemnt Consultants” मा संचालक रहेका छन् ।

महतोले नेपाल इन्जिनियर्स एसोसिएसनको आसन्न ३३ औं अधिवेशनमा लोकतान्त्रिक इन्जिनियर्स समूहबाट सह-कोषाध्यक्ष पदको लागि उम्मेदवारी दिएका छन् ।

साथै उनले विगत १६ बर्ष देखि (Valuation) पेशा तथा अन्य इन्जिनियरिङ परामर्श कार्य गर्दै पनि आएका छन् ।

आफ्नो पेशा भन्दा बाहिर गएर उनले चलित्रमा समेत काम गरेको अनुभव रहेको छ ।

कामको दौरानमा “ पसिना “ नामक चलचित्र पनि निर्माण गरेको महतोले बताए ।

उनी मिडिया संचालक पनि हुन् । त्यति मात्र हैन विभिन्न संघ संस्थामा जोडिएर समग्र इन्जिनियरिङ पेशाको हकहितको लागि निरन्तर आवाज बुलन्द गर्दै आएका छन् ।

‘नेपाल भ्यालुयर्स एसोसिएसनको संस्थापक सचिव हुँदै उपाध्यक्ष पदमा समेत रही काम गरेका महतो मुल्यांकनकर्ताको हक, हितको लागि पनि आवाज उठाउँदै आएका छन् ।
उनले इन्जिनियरिङ क्षेत्रमा काम गर्ने सिलामा सँगालेको थुप्रै अनुभवलाई नेपाल इन्जिनियर्स एसोसिएसन मार्फत समग्र इन्जिनियरिङ क्षेत्रको व्यवस्थापनमा योगदान गर्ने महतोले एनडिसी खबरलाई जानकारी दिए ।

health

आफ्नो कार्य कौशलमा अब्बल युवा ई.महतो देश भरि नै ईन्जिनियरहरुमाझ लोकप्रिय हुँदै गैरहेका छन् , साथै उनले सम्पुर्ण इन्जिनियर मतदाताहरुलाई आफ्नो अमुल्य मत दिएर बिजयी गराउँन समेत अपिल गरेका छन् ।

इन्जिनियर दिलीपकुमार झा ले नेतृत्व गरेको लोकतान्त्रिक इन्जिनियर्स समूहमा ई. ऋषि कोइराला, ई. कृष्णसिंह बस्नेत, ई. सुधिर गुरागाईं, आ. रमिता श्रेष्ठ, लगायतका दिग्गज व्यक्तिहरुको संलग्नता रहेको छ ।

साथै लोकतान्त्रिक इन्जिनियर्स समूहलाई सबै विधागत प्रतिनिधित्व हुनेगरी व्यावसायिक प्यानलको रुपमा अघी सारिएको छ ।