२०८२ असार ७ शनिवार

राशिफल

काठमाण्डौमा थुप्रिएको फोहोर अबको दुई दिनभित्र व्यवस्थापन हुने

cJojl:yt kmf]xf]/ sf7df8f}F, !^ kmfu’g M afuahf/sf] ;8s lsgf/fdf kmflnPsf] cJojl:yt kmf]xf]/ . t:jL/ M rG›snf If]qL÷/f;;

काठमाण्डौ : पाँच दिनदेखि नियमित रूपमा काठमाण्डौको फोहर व्यवस्थापन हुन थाले पनि अझै धेरै ठाउँमा फोहोर उठ्न बाँकी छ । यसको प्रत्यक्ष असर यातायात आवागमनमा र पैदल यात्रुलाई परेको छ ।

अहिलेसम्म काठमाण्डौ महानगरपालिकाको कालीमाटी, कलङ्की, टङ्केश्वर चोक र डल्लु पुलमा थुपारिएको फोहर व्यवस्थापन हुन सकेको छैन ।

लामो समयसम्म फोहोर थुप्रिँदा दुर्गन्ध फैलिएको छ । महानगरपालिकाका वातावरण विभागका प्रमुख सरिता राईले अहिले नियमित रूपमा फोहर व्यवस्थापन भए पनि लामो समयसम्म फोहर थु्प्रिएकाले समस्या भएको र अबको दुई दिनभित्र सबै ठाउँको फोहर व्यवस्थापन गरिने बताए ।

फोहर विसर्जन गरिएको ठाउँ नुवाकोटको सिसडोलसम्म पुग्ने बाटो मर्मतको काम सम्पन्न नगरेको भन्दै पासाङ ल्हामु राजमार्गका स्थानीय बासिन्दाले गरेको अवरोधका कारण फोहर उठाउन समस्या भएको थियो।