काठमाडौं : सोमबार दिनभर कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको अवस्था तनावग्रस्त बन्यो । एमसीसी सम्झौता संसद्बाट पारित गरेको विरोधमा आह्वान गरिएको नेपाल बन्दको क्रममा आयोजित प्रदर्शन प्रहरीसँगको झडपमा परिणत भएको थियो । सोमबार नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित ६ दलले नेपाल बन्द घोषणा गरेका थिए ।
प्रदर्शन उग्र बन्दै गएपछि वीरेन्द्रनगरका मुख्य चोकहरूमा प्रहरी परिचालन गरिएको थियो । प्रहरीले बेलुका पाँच बजेपछि आन्दोलन साम्य हुने अपेक्षा गरेको थियो । तर साँझ बन्दकर्ताहरू झन् उग्र बन्द गर्दै ढुंगामुढा बर्साउँदै बजार परिक्रमा गरेका थिए । सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले रातोपाटीसँग कुरा गर्दै भने,‘पाँच बजेपछि आन्दोलन साम्य होला भनेर हामीले सोचेका थियौँ ।
तपाइँको प्रतिक्रीया